प्रचण्डकाे जिकिर- बूढानीलकण्ठ र बालकाेटमा भ्रष्टाचारको तार जाेडिएपछि मलाई हटाए – Nepal Press

प्रचण्डकाे जिकिर- बूढानीलकण्ठ र बालकाेटमा भ्रष्टाचारको तार जाेडिएपछि मलाई हटाए

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रटचारी र भू- माफियासँग जोडिएको तार बूढानीलकण्ठ र बालकोटतिर जोडिएपछि आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।

झापाको बिर्तामोडमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भू माफिया र भ्रष्टाचारीको तार बूढानीलकण्ठ र बालकोट तिर जोडिएपछि संसारमा कहीँ हुँदै नभएको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको बताए ।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारी र भू माफियाहरूको फाइल धमाधम खोल्न थालेपछि अहिलेको गठबन्धन बनेको दाबी गरे । उनले भने, ‘म तेस्रो पटक प्रधानमन्त्री बन्दा नराम्रो गर्दै नगर्ने सङ्कल्प लिएको थिए । सामाजिक न्यायको अभियान सरकारको मोर्चाबाट नै चलाउने नयाँ सङ्कल्पमा अगाडि बढेको थिए ।’

उनले राम्रो काम गर्ने नराम्रो काम गर्दै नगर्ने भन्ने सङ्कल्प लिएर सरकारमा गएकाले राम्रो गर्दा गर्दै प्रतिक्रियावादीहरुले सङ्ख्याको बलमा हटाएको बताए । उनले सरकारमा बस्दाका सीमा र अप्फ्ठेराहरु भए पनि केही राम्रा आफूले केही काम गरेको दाबी गरे ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचार र भू माफियाहरूकाविरुद्ध काम गरेको उनको दाबी छ । उनले भने, ‘मेरै नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, बाँसबारी छाला जुत्ता उद्योगको जग्गा , गिरीबन्धु टी स्टेट लगायतका फायल खोल्दै थिए । फरार अभियुक्ताहरु पक्राउ पर्दै थिए । यही बेला सङ्ख्यको बलमा मलाई हटाइयो ।’

उनले सरकारबाट हट्पनि पार्टी बनाउने र फेरी बहुमत ल्याउने अवसर आफूलाई आएको बताए । उनले जनताले माओवादीलाई सच्चिएको माओवादीको रूपमा हेर्न चाहेको बताए । उनले भने, ‘अव जनताले सच्चिएको र हिजोको जस्तै माओवादी भएको हेर्न चाहेका छन् । जनताका सेवा गर्ने , जनताप्रति इमानदार भएर काम गर्ने माओवादी जनताले चाहेका छन् ।’

उनले केही वैचारिक अन्यौलता र सत्ता समीकरणका कारण पार्टी प्रदूषित भएको स्वीकार गरे । उनले भने,‘आफ्नो मुद्दा, आफ्नो समुदाय आफ्नो वर्ग र पहिचान धमिलिँदै गएको महसुस भएको छ ।’

उनले यसले क्रान्तकारीहरुमा, सहिद बेपत्ता र घाइतेहरूको परिवार र हिजोको जनमुक्ति सेनामा एक खालको अन्यौलता र निराश बढ्दै जान थालेको पनि स्वीकार गरे ।

उनले भने,‘ यसलाई सच्याउने के उपाय हुन सक्छ र यो पार्टीलाई क्रान्तिकारी पार्टीको रूपमा स्थापित गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका छौं ।’ आफ्नाे नेतृत्वमा धेरै कुरा हुँदा पनि आफूले हेर्दा हेर्दै माओवादी विभाजन भएको पनि आफूले भोगेपछि नयाँ सङ्कल्पका पार्टी रूपान्तरणको प्रक्रियामा आइपुगेको दाहालले बताए ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डकाे जिकिर- बूढानीलकण्ठ र बालकाेटमा भ्रष्टाचारको तार जाेडिएपछि मलाई हटाए

  1. ३२ सिटे धेरै फुईं गर्यो भनेर हटाको हो। पहिलो र दोस्रो हुने दलले अरु साना दललाई सरकारको नेतृत्व गर्न दिनै हुंदैन। जनताबाट तिरस्कृत भईसकेपछि सरकार बाहिर बसेकै राम्रो।

  2. हैसियत सम्झाएको हो । ३२ सिेटे ५ नै वर्ष खाउला भनेर हिडेको नराम्ररी पछारियो । रनथनाएर बरबराउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर