मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग (भिडिओ) – Nepal Press

मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

 

प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।

त्यसबारे सांसद ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानविरोधी र गैरजिम्मेवारपूर्ण भएको बताए ।

उनले भने, ‘त्यस्ता अभिव्यक्ति राष्ट्रघाती र संविधानविरोधी हो । देशद्रोही कुरा हो । यस्ता अभिव्यक्ति दिनेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर