१० देखि ५६ वटा संसद बैठकमा गयल हुने १४ सांसद (सूचीसहित) – Nepal Press

१० देखि ५६ वटा संसद बैठकमा गयल हुने १४ सांसद (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभामा १४ जना सांसद कम्तिमा १० देखि ५६ वटा बैठसम्म सहभागी नभएका पाइएको छ ।

प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्नुअघि सभामुख देवराज घिमिरले कम्तिमा १० देखि ५६ वटा बैठकमा सहभागि नहुने सांसदको नामावली नामावली प्रस्तुत गर्दै सभाबाट स्वीकृतका लागि पेश गरेका थिए ।

सभामुखले नाम, बैठकमा अनुपस्थित मिति, बैठक संख्या, अनुपस्थित हुनुको कारण सहित प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको हो ।

सूचीअनुसार नेपाली काँग्रेसका सांसद मनोरमा शेरचन, नेकपा (एमाले)का सांसद बसन्तकुमार नेम्वाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बोहोरा सबैभन्दा बढी ५६ वटा बैठकमा अनुपस्थित भएका छन् ।

शेरचन थेरापी चलिरहेको कारण, नेम्वाङ मस्तिष्क घातको उपचाररतका कारण र बोहोरा स्वास्थ्य उपचारका कारण गत वैशाख २८ देखि चालू अधिवेशनकै अन्तिम दिन भदौ ३१ सम्म ५६ वटा बैठकमा अनुपस्थित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर