घरेलु टोलीसँग खेलेर विश्वकप लिग- २ क्यानडा श्रृंखला सुरु गर्दै नेपाल – Nepal Press

घरेलु टोलीसँग खेलेर विश्वकप लिग- २ क्यानडा श्रृंखला सुरु गर्दै नेपाल

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत घरेलु टोलीसँग खेल्दै नेपालले सोमबार क्यानडा श्रृंखला सुरु गर्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार पौने ९ बजे सुरु हुनेछ ।

श्रृंखलामा नेपालको ४ खेलबाट २ अंक छ । क्यानडाको ८ खेलबाट ८ अंक छ । यो श्रृंखलामा ओमान पनि रहेको छ । घरेलु मैदानमा भएको पहिलो श्रृंखलामा नेपालले चारमध्ये तीन खेलमा हार व्यहोरेको थियो, जसमा नेदरल्यान्ड्सलाई मात्र हराएको थियो ।

क्यानडाले पहिलो श्रृंखलाका सबै खेल जित्दा दोस्रो श्रृंखलाका सबै खेल हारेको थियो । यो प्रतियोगितामा हरेक टोलीले ९ वटा त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्नेछन्, जसमा एउटा श्रृंखलामा ४ वटा खेल खेल्नुपर्ने छ ।

नेपालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला क्लीनस्विप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *