१९ औं वार्षिकोत्सवमा एनसेल फाउण्डेसनको स्थापना – Nepal Press

१९ औं वार्षिकोत्सवमा एनसेल फाउण्डेसनको स्थापना

काठमाडौं । नेपालमा निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेलले १९ वर्ष पूरा गरेको छ । उसले १९ औं वार्षिकोत्सवको अवसर पारेर एनसेल फाउण्डेसन सार्वजनिक गरेको छ ।

अबदेखि एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गतका (सिएसआर) का सबै कामहरु यही फाउण्डेसनबाट गर्नेछ । एसनसेलको सिएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विगत १९ वर्षमा एनसेलले सिएसआर अन्र्तगत रहेर जति काम गरेको छ त्यति काम नेपालका निजी क्षेत्रका कम्पनीले नगरेको दाबी गरिन् ।

एनसेलले सामाजिक उत्तरदायित्वको काममा हालसम्म २ अर्ब रुपैयाँ खर्च गरिसकेको खड्काले बताइन् । एनसेलको सेवाबाट १ करोड ५० लाख नेपाली प्रत्यक्ष रुपमा लाभवान्वित भएको एनसेलले जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले नेपालमा नाफाको मात्र व्यापार नगरी सेवाभावले समेत काम गरेको बताए । उनले भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा सबैभन्दा बढी रकम जम्मा गरेको स्मरण गर्दै भने, ‘एनसेलले नाफा अर्थात पैसाको व्यापार मात्र गर्दैन । एनसेल समाज रुपान्तरण र समाजको विकासमा समेत उत्तिकै योगदान गरेको छ ।’

स्वास्थ्य सेवामा १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको एनसेलले ७५ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी शिक्षा क्षेत्रमा खर्च गरेको जनाएको छ ।

एनसेलले वार्षिकउत्सव कै अवसरमा विभिन्न प्याकेजहरु पनि सार्वजनिक गरेको छ । फरक क्षमता भएकाहरुका लागि ५० प्रतिशत छुटमा सधै अन प्याक ल्याएको छ । यो प्याकमा आजिवन छुट हुने कम्पनीले जनाएको छ । यस्तै एनसेल एपबाट सधै अन प्याक किन्दा १९ प्रतिशतसम्म छुट हुने योजना सार्वजनिक गरेको छ ।

एनसेल २००४ मा स्थापना भएर २००५ देखि काम गर्न थालेको हो । एनसेल बजारमा प्रवेश गर्दा मोबाइल प्रयोकर्ता जम्मा ६ प्रतिशत मात्रै थिए । प्रारम्भिक चरणमा २००४ मा एनसेल मेरो मोबाइलको नामबाट परिचित थियो । त्यसको चार वर्षपछि यसलाई टेलिया कम्पनीले खरिद गरेर एनसेलको नामबाट ब्रान्ड बनायो ।

टेलिया कम्पनी पहिले स्विडेनको टेलिया सोनेरा थियो । २०१० देखि भने एनसेलको नामबाट यसको ब्रान्ड बन्यो । २०१६ को अप्रिल १२ मा यो एक्जियाटा ग्रुपको एक भाग बन्यो । २०२० को अगस्ट ३ मा यो पब्लिक लिमिटेड कम्पनी बन्यो र एनसेल एक्जियाटा लिमिटेड बन्यो ।

आर्थिक वर्ष सन् २०२३÷२४ सम्ममा एनसेलले नेपाल सरकारलाई ३२ अर्ब रुपैयाँ कर तिरिसकेको छ । एनसेलले २०१६ मा पुँजीगत लाभकरको रुपमा ४७ अर्ब रुपैयाँ तिरेको थियो । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देशभर २५ हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *