राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा (भिडिओ) – Nepal Press

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा (भिडिओ)

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए ।

उनले पार्टीको नाम भने ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।


प्रतिक्रिया

2 thoughts on “राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा (भिडिओ)

  1. यो साला ढेडुको पछि अब को लाग्छ होला

  2. फुटाउने मिति पनि आजै घोषणा गर्नुपर्ने । पश्चिमाको पैसा खाएर यस्ता हर्कत गर्नेदेखि जनता सावधान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर