वसन्तपुरमा यस्ताे देखियाे इन्द्रजात्राको रौनक (तस्बिरहरु) – Nepal Press

वसन्तपुरमा यस्ताे देखियाे इन्द्रजात्राको रौनक (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ ।

विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजाआराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । यात्रा हेर्न सर्वसाधरणदेखि विशिष्ट व्यक्तिहरुको वसन्तपुर  भीड लागेको थियो ।

रथ तान्नु अघि वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए।


त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल,  उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली सभामुख देवेन्द्र घिमिरेलगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेका छन् ।

विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवीदेवताको रथसँगै शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रामा भने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सहभागी थिएनन् । उनी भारत गएका छन् ।

तस्बिरहरुः

      


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर