अन्तर विद्यालयस्तरीय इतिहास वाचन प्रतियोगितामा बेस्ट ग्रुपकी छात्रा प्रथम – Nepal Press

अन्तर विद्यालयस्तरीय इतिहास वाचन प्रतियोगितामा बेस्ट ग्रुपकी छात्रा प्रथम

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित ग्लोबल पब्लिक स्कूलले इन्द्रजात्राको अवसरमा अन्तर विद्यालयस्तरीय इतिहास वाचन प्रतियोगिता आयोजना गरेको छ ।

‘इतिहास कथावाचन प्रतियोगिता अध्याय–२’ शीर्षकमा आज आयोजित प्रतियोगितामा २८ विद्यालयका २८ जना विद्यार्थीहरुले फरक–फरक ऐतिहासिक घटनाहरु वाचन गरेका थिए ।

प्रतियोगितामा ‘सगरमाथाको गौरव र पहिलो आरोहण’ शीर्षकमा बेस्टग्रुप भिजन ईंग्लिस सेकेन्डरी स्कुल पुरानो सिनामंगलकी छात्रा करुणा घले प्रथम भइन् ।

यस्तै, ‘प्रजातन्त्रको स्थापनामा चार सहितको भूमिका’ शीर्षकमा दर्शना स्कुल गोठाटारकी छात्रा ऋद्धी पौडेलले दोस्रो र ‘२०७२ सालको भूकम्प’ शीर्षकमा गोठाटार ईंङ्लिस सेकेन्डरी स्कुलकी छात्रा श्वेता चापागाईंले तेस्रो पुरस्कार जितेका छन् । ‘युनेस्कोमा सूचीकृत नेपालका विश्व सम्पदाहरु’ शीर्षकमा भीमेश्वर एकेडेमीकी छात्रा युनिसा अधिकारीलाई सान्त्वना पुरस्कार दिइएको छ ।

आयोजक ग्लोबल पब्लिक स्कुल प्रतियोगितामा सहभागी थिएन । कार्यक्रमको सभापतित्व ग्लोबल स्कुलका प्रिन्सीपल मात्रिका कार्कीले गरेका थिए । निर्णायकमा डा. शैलेन्दु प्रकाश नेपाल र डा. लोकनाथ दुलाल रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर