अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित – Nepal Press

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो ।

विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ गतेदेखि सुरु हुन लागेको सम्मेलन स्थगित गरिएको संगठनका अध्यक्ष पञ्चा सिंहले नेपाल प्रेसलाई जानकारी दिईन ।

उनका अनुसार एउटा भौगोलिक मधशे प्रदेश र मधेश र बाँकी गैरभौगोलिदक प्रदेश ७ वटा विश्विद्यालयको सम्मेलन हुन बाँकी रहेको उनको भनाई छ । बुधबार बिहान बिहान ८ बजे बस्ने कार्यालय बैठकले स्थगित भएपछिको सम्मेलनको नयाँ कार्यतालिका सार्वजनिक गरिने अध्यक्ष सिंहले बताईन ।


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित

  1. यो संगठन किन चाहियो ? विश्वविद्यालयबाट पैसा उठाएर दलका नेतालाई बुझाउने यस्ता विचौलियाहरू खारेज गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर