भोलि दिउँसो २ बजेसम्म दरबारमार्ग क्षेत्रमा सवारी निषेध – Nepal Press

भोलि दिउँसो २ बजेसम्म दरबारमार्ग क्षेत्रमा सवारी निषेध

काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।

भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ ।

बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।

 


प्रतिक्रिया

One thought on “भोलि दिउँसो २ बजेसम्म दरबारमार्ग क्षेत्रमा सवारी निषेध

  1. कन्सर्ट छ मन्च बनाउनु छ भन्दैमा सर्वसाधारण लाई दुख दिन पाइन्छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर