सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आज प्रधानमन्त्रीलाई बुझाइँदै – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आज प्रधानमन्त्रीलाई बुझाइँदै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्यौदा बुझाउने तयारी गरिरहेको सदस्य प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।

मस्यौदा बुझाउने समय भने केहीबेरमा तय हुने ज्ञवालीले बताए ।

गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले समर्थन गरे पनि सरकारमा गएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर