राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो – Nepal Press

राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो

काठमाडाैं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ ।

राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।

यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् । मिस नेपालको ३० औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनी मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन् ।

मिस नेपालपछि दिएका विभिन्न अन्तरवार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । तर, सायद सोचेको भन्दा धेरै चाँडो उनी एउटा राष्ट्रिय पार्टीको केन्द्रीय सदस्य बन्न सफल भइन् । कुनै पनि राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुन् । आज उनी प्रमाणपत्र बुझ्न पार्टी कार्यालय जाने कार्यक्रम छ ।

 


प्रतिक्रिया

One thought on “राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो

  1. अब परेको वेलामा क्याटवाक गर्न कोही खोज्न नपर्ने भएछ राप्र पामा पनि । अरुपार्टीले पनि त्यस्तै खोज्नु पर्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर