रविले बाहिरै बसेर सहकारी ठगेको गगनको दाबी, धनराजबारे के भने ? (भिडिओ) – Nepal Press

रविले बाहिरै बसेर सहकारी ठगेको गगनको दाबी, धनराजबारे के भने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीबारेको छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिट नदिएको बताएका छन् । बाहिरै बसेर रविले सहकारी ठगेको उनले टिप्पणी गरे ।

आज एक कार्यक्रममा बोल्दै थापाले आफूहरुले सोचेकोभन्दा पनि धेरै गुणा ठगी भएको पाइएको पनि दाबी गरे ।

सहकारी ऐन उद्धृत गर्दै थापाले भने, ‘यो हामीले बनाएको कानून हो । यो कानूनले सहकारी बाहिर बसेर पैसा लिएकोलाई पनि ठगी मान्छ । बाहिर बस्ने पनि ठग हुन् । रविजी सहकारीको सदस्य हुनुहुन्थेन । उहाँले बाहिरै बसेर ठग्नुभएको हो ।’

 

थापाको थप भनाइः

यो प्रतिवेदनभित्र सोचेकोभन्दा कति धेरै रहेछ रहेछ । कति कति । सीधा कम्पनीमा चेक काटेर करोडौं पैसा आएको छ । ढ्याङढ्याङ करोड करोड आएको छ । सुईंसुईं चेक काटिएको छ । अनि के भनिएको छ भने करोड कहाँबाट आयो मैले थाहा पाइनँ ।

यो त विचित्रको कम्पनी रहेछ । खोल्दाखेरि नै सहकारीबाट ठगेर ल्याएको रहेछ । बीउपुँजी पनि खल्तीको होइन रहेछ । अर्बौं ठगी छ ।

प्रतिवेदनमा प्रचलित कानूनअनुसार कारबाही गर्न भनियो । कानूनको नाम किन नलेखेको भनेर मैले दिलेन्द्र बडुजीलाई सोधें । एउटा भए पो लेख्नु भन्नुभयो । ठगी पनि छ, कीर्ते पनि छ, के के छ छ ।

योभन्दा बढी हामीले बोलिराख्नु पर्दैन । सहकारी खोलेको छ । कम्पनी खोलेको छ । अकाउन्ट खोलेको छ । करोड करोड आएको छ । चेक काटेको छ । करोड कहाँबाट आएको थाहा छैन भनिएको छ । सम्बन्धित पार्टीको साथी नै कीर्तेमा मुद्दा चलाउनुपर्छ भनेर सिग्नेचर गर्नुहुन्छ । उहाँलाई छटुटु भन्ने कि कि के भन्ने ? बाहिर आएर तपाईं क्लीन हुनुभएको छ भन्नुभयो । सबैले ताली बजाए । हाम्रो अध्यक्षजीले पस्किनु भएको होइन, खानुभएको मात्र हो भनेर ताली बजाए ।

केही हामीसँगै विगतमा काम गरेका साथीहरु पनि छन् । सभापतिसँग हामी बेलाबेला बहस गर्छौं, लड्छौं, तर उहाँहरुले त्यो सिक्नुभएको रहेनछ । अध्यक्षको पापको भारी कसले बढी बोक्ने भनेर प्रतिस्पर्धा छ ।

गगनले पार्टी उपसभापति धनराजको प्रसंग पनि निकाले । यद्यपि, धनराजबारे बोल्दा उनको लवज नरम भइसकेको थियो ।

थापाले भने, ‘मैले उहाँलाई यो विषयमा सोधेको थिएँ । उहाँले संसदमा पनि ममाथि अनुसन्धान होस्, दूधको दूध पानीको पानी होस् भन्नुभएको छ । समितिले थप अनुसन्धान गर्नुपर्छ भनेको छ । सरकारले त्यो गर्छ । हाम्रो आफ्नो पोलिसी छ । निर्दोषले अनावश्यक रुपमा दुःख पाउनु हुँदैन । दोषी उम्किनु हुँदैन ।


प्रतिक्रिया

3 thoughts on “रविले बाहिरै बसेर सहकारी ठगेको गगनको दाबी, धनराजबारे के भने ? (भिडिओ)

  1. लाज पचे पछि यस्तै हो । रविलाई हुँदै नभएको जोडेर भन्ने अनि धनराजको नाम लिएपछि लल्याकलुलुक । मलाई त सहकारी ठग भन्दा पनि कुरा बङ्गाउने चाहिँ ठग लाग्छ ।

  2. yo barkhra Kaji ….jhoot ma ta KP oli ko pani guru rahecha …..kati janta lai ullu banako….next no vote ….last time it was mistake …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर