संविधान दिवसको अवसरमा डोटीमा विद्यार्थीहरुबीच अन्तरक्रिया (भिडिओ) – Nepal Press

संविधान दिवसको अवसरमा डोटीमा विद्यार्थीहरुबीच अन्तरक्रिया (भिडिओ)

डोटी । संविधान दिवस, २०८१ को अवसर पारी डोटीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुबीच अन्तरक्रिया भएको छ । डोटी जिल्लामा दुई सामुदायिक बिद्यालयहरुबीच अन्तरक्रिया भएको सम्भवत यो पहिलो घटना हो ।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पव्लिक माविमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरु र सोही नगरपालिकाको वडा नं. ९ मा रहेको तेडी आधारभूत विद्यालयका विद्यार्थीहरुबीच संविधानमा बालबालिकाको हक, बालबिवाह र जातीय छुवाछुतका विषयमा अन्तरक्रिया भएको हो । राष्ट्रिय शिक्षा दिवस र संविधान दिवसको अवसर पारी पद्म पव्लिक माबिका बिद्यार्थीहरु तेडी मावि पुगेका थिए ।

 

अन्तरक्रियामा संविधानका विशेषताहरु, संविधानमा बालबालिकाकासँग सम्बन्धी हक अधिकारहरु, बालविवाह सम्बन्धी कानूनी व्यवस्था र बालविवाह रोक्न बालबालिकाहरुको भूमिका र जातीय छुवाछुत तथा विभेद सम्बन्धी वर्तमान अवस्था र कानूनी व्यवस्थाको विषयमा छलफल भएको पद्म पव्लिक माविका विद्यार्थी तपेश बोगटीले जानकारी दिए । अन्तरक्रिया कार्यक्रमा कानून संकायको कक्षा १२ का विद्यार्थीहरु भरतसिं ठकुल्ला, दिपा कुँवर, श्रीया बोगटी र बोधनारायण जेठाराले सहजीकरण गरेको उनले बताए ।

अन्तरक्रिया कार्यक्रमले बालबालिकाहरुलाई कानून सम्बन्धी महत्वपूर्ण जानकारी दिएको दिपायल सिलगढी नगरपालिका–९ का वडाध्यक्ष तथा तेडी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हर्कसिं साउँदले बताए । उनले डोटीका लागि यो नौलो सुरुवात भएको बताए । ‘कानूनका विद्यार्थीहरु र हाम्रो वडाका विद्यार्थीहरुबीच राम्रो अन्तरक्रिया भएको छ’, वडाध्यक्ष साउँदले भने, ‘यसले बालविवाहलाई न्यून र्गन सहयोग पुग्नेछ भन्ने बिश्वास गरेको छु ।’

तेडी माध्यमिक बिद्यालयका प्रधानाध्यापक टेकवहादुर बिष्टले यस्ता कार्यक्रमहरु बेलाबेलामा आयोजना गर्न पद्म पव्लिक माबिलाई आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रमबाट आफुहरुले बालअधिकारका सम्वन्धमा संबिधान र कानुनमा भएका व्यवस्थाहरु, बालबिवाह बिरुद्ध तथा जातीय बिभेद बिरुद्धको कानुनी व्यवस्था र यसले गर्ने असरहरुको बिषयमा थाह पाएको तेडी माविकी छात्रा जानकी नेपालीले वताईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर