शिशिर र स्वर्णिम लक्षित गगनको कटाक्ष- रविको अपराधको भारी कसले बढी बोक्ने प्रतिस्पर्धामा छन् – Nepal Press

शिशिर र स्वर्णिम लक्षित गगनको कटाक्ष- रविको अपराधको भारी कसले बढी बोक्ने प्रतिस्पर्धामा छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सांसद स्वर्णिम वाग्ले र शिशिर खनाललाई कटाक्ष गरेका छन् । सहकारीको रकम अपचलन गरेका रवि लामिछानेको अपराधको भारी कसले बोक्ने भनेर प्रतिस्पर्धामा रहेको भन्दै उनले कटाक्ष गरे ।

पार्टीको सय दिने विशेष अभियानको प्रशिक्षणमा महामन्त्री थापाले भने, ‘त्यही पार्टीका सांसदले मेरो पार्टीका सभापतिले कीर्ते र ठगीमा मुद्दा चलाउनुपर्छ भनेर लेखेर हस्ताक्षर गर्नुहुन्छ । छट्टु भन्ने के के भन्ने अनि बाहिर आएर मैले त राम्रोसँग काम गरेर आएँ, तपाईं क्लिन हुनुभएको भन्छ । फेरि अर्का आउँछ हाम्रो अध्यक्षले खानुभएको त होइन, उहाँले खानुमात्रै भएको हो, पस्केको त होइन नि ! अर्काले पस्केको खाएको त हो नि ! अर्कोले हाम्रो अध्यक्षले ६५ करोड खानुभएको, तर यसरी घुमाएर भन्छ । हिजो मैले उहाँहरुको सभामा हेरेको ।’

उनले पार्टीको नाम स्वतन्त्र भए पनि कोही स्वतन्त्र नभएको भन्दै सभापतिको पक्षमा ताली बजाउनेको प्रतिस्पर्धा रहेको टिप्पणी गरे ।


प्रतिक्रिया

5 thoughts on “शिशिर र स्वर्णिम लक्षित गगनको कटाक्ष- रविको अपराधको भारी कसले बढी बोक्ने प्रतिस्पर्धामा छन्

  1. संसद को महत्वपूर्ण समय ब्य्क्तीगत फाइदा र प्रतिशोधको को राजनितीमा खर्च गरेका छन् गगनले। त्यसैले यिनी सांसद बन्न योग्य छैनन्। सबै सहकारीको छानबिन गर्ने हो भने कांग्रेस र एमालेका नेताहरूनै जेल जान्छन्। बिचरालाइ धनराजको बारेमा भन्ने आंट नै छैन , यस्ता ठग बोक्दै हिन्छन् गगन, कति हास्नु !!

  2. विना भिजनको नेता । काँग्रेसमा अलिकति केही गर्ला कि भन्ने ठानेको यसले रवि भनेर कराएको देख्दा कतै सहकारी ठग आफू नै भएकाले अरूले खोज्लान भनेर रवितिर सूई फर्काईदिएको पो हो कि ? कि रविले संसदमा बाख्रा चोरेको प्रसंग उठाएकाले हो ?

  3. भरत महर्जन , सुरेन्द्र भण्डारी , जिबि राई जस्ता धेरै सहकारी ठगहरु त काङ्ग्रेस कै छन् ।
    बिचरा सहकारीको सदस्य नै नरहेका रविको सहकारीमा नाम जोडी बदनाम गर्दैछ कालो काङ्ग्रेस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर