रुसी फौजबाट उद्धार गरिदिन भारतीयको हारगुहार – Nepal Press

रुसी फौजबाट उद्धार गरिदिन भारतीयको हारगुहार

काठमाडौं । रुसी फौजमा पुगेका भारतीयहरुले उद्धारको लागि याचना गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार आफूलाई ठगेर रुसी फौजमा लगिएको भन्दै उनीहरुले उद्धारको लागि हारगुहार गरेका छन् ।

बीबीसीमा प्रकाशित सामग्रीअनुसार यसरी याचना गर्नेहरुमा नेपाली भाषी भारतीयहरु पनि रहेका छन् । नेपाली भाषी भारतीय उर्गेन तामाङ पहिले भारतीय सैनिक थिए । अहिले उनी रुसी फौजमा छन् । उद्धारको याचना गर्नेमा उनी पनि एक हुन् ।

बीबीसीसँग कुरा गरेका एक भारतीयले भनेका छन्, ‘म ज्यादै चिन्तामा छु । म सुरक्षित आउँछु वा बाकसमा आउँछु, कुनै टुंगो छैन । कृपया मलाई बचाउनुहोस् ।’

तामाङले आफूहरुलाई सेनाको सहयोगी भनेर लगिएको, तर रुस पुगेपछि युद्धको अग्रमोर्चामा पठाइएको बताए । तामाङले आफू अरु ९१ जना भारतीयसँगै रुसी फौजमा पुगेको बताएका छन् ।

भारतीय अधिकारीहरुले रुसी फौजमा गएका नौ जना भारतीयको मृत्यु भएको सार्वजनिक गरेका छन्, तर वास्तविक तथ्य त्योभन्दा बढी भएको धेरैको अनुमान छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणपछि गत जुलाईमा ४५ जना भारतीयलाई रुसी फौजबाट फिर्ता गरिएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर