एक दशकपछि भारतको जम्मु र काश्मीरमा चुनाव, ३ बजेसम्म ५० प्रतिशत मतदान – Nepal Press

एक दशकपछि भारतको जम्मु र काश्मीरमा चुनाव, ३ बजेसम्म ५० प्रतिशत मतदान

काठमाडौं । भारतको जम्मु र काश्मीर क्षेत्रमा एक दशकपछि चुनाव भएको छ । सन् २०१९ मा भारतीय संविधानको धारा ३७० खारेज गरेपछि जम्मु र काश्मीर अनि लद्दाक फरकफरक बनाइएपछि भएको चुनाव भएकोले यसले विश्व चर्चा पाएको छ ।

साँझ ६ बजेसम्म हुने मतदानमा ३ बजेभित्र ५० प्रतिशतले मतदान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २३ लाख योग्य मतदाताबाट २१९ उम्मेदवार चयन गर्न चुनाव हुने भएको छ । जसमा ९० जना स्वतन्त्र उम्मेदवार छन् ।

तीन चरणमा हुने चुनावको दोस्रो र तेस्रो चरण सेप्टेम्बर २५ र अक्टोबर १ मा हुने भएको छ । नतिजा अक्टोबर ८ मा आउनेछ । आज ९० क्षेत्रमध्ये २४ वटामा चुनाव भएको हो ।

भारतीय मिडियाहरुका अनुसार अहिलेसम्मको चुनावमा कुनै हिंसात्मक घटना भएको छैन । काश्मीरको अर्धस्वायत्तताको खारेजी गरेकोले भारतीय सत्ताधारी पार्टी बीजेपीले चुनावमा राम्रो प्रदर्शन नगर्ने बताइएको छ । उसो त जम्मु र काश्मीर तथा लद्दाक क्षेत्र परम्परागत रुपमा पनि बीजेपीको आधार क्षेत्र होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर