विश्वकप फुटबल १९९० का आइकन इटालियाली खेलाडी सिलाचीको निधन – Nepal Press

विश्वकप फुटबल १९९० का आइकन इटालियाली खेलाडी सिलाचीको निधन

मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ता चर्चित इटालीका पूर्वस्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन भएको छ ।

आफ्नो मुलुकमा भएको विश्वकपमा अप्रत्याशित गोलकर्ताका लागि प्रतीक बनेका सिलाचीलाई श्रद्धाञ्जली अर्पण गर्ने जुभेन्टस इटालीका फुटबल क्लबमध्ये एक थियो । क्लबले जुभे शर्टमा उनको तस्बिरका साथ सामाजिक सञ्जालमा ‘सियाओ टोटो’ भनेको छ ।

आन्द्राको क्यान्सरबाट पीडित सिलाचीको पलेर्मोको ‘सिभिको’ अस्पतालमा निधन भएको इटालियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मुलुकको फुटबल महासङ्घ (एफआईजीसी)ले इटालीमा अहिलेदेखि आगामी सप्ताहन्तसम्म खेलिने सबै खेलमा किक–अफअघि ‘प्रतिविम्बित मिनेट’ हुने जनाएको छ ।

‘उनको अनुहार सामूहिक खुशीको प्रतीक बनेको उनको गोल उत्सव सधैं इटालियाली फुटबल विरासतको हिस्सा रहनेछ’, एफआईजीसीका प्रमुख ग्याब्रिउल ग्रेभिनाले विज्ञप्तिमा भनेका छन् ।

सन् १९८० को दशकको प्रारम्भमा मेसिनामा आफ्नो करियर सुरु गरेपछि सिलाचीले जुभेन्टस र इन्टरमिलानका लागि खेले र उनलाई क्लब खेलमा सामान्य सफलता प्राप्त भयो ।

उनको सर्वश्रेष्ठ क्लब सिजन सन् १९९० विश्वकपभन्दा ठीक अघि रह्यो । त्यतिबेला उनले सबै प्रतियोगितामा २१ पटक गोल गरे र जुभेन्टसले यूईएफए कप र इटालियाली कप जित्यो, तर इटाली इटालिया ९० को सेमिफाइनलमा पुग्दा ६ पटक गोल गरेर उनी त्यो समर हट क्लब स्ट्राइकरबाट राष्ट्रिय नायक बनेका थिए ।

‘जुभेन्टसमा सन् १९९० को उक्त अविश्वसनीय गर्मीमा सम्पूर्ण इटालीका साथ यस्तो गर्नुअघि उनीबाट उत्साहित हुन पाउँदा हामी भाग्यशाली थियौं’, जुभेन्टसले भनेको छ, ‘अलबिदा, टोटो । धन्यवाद !’

सिलाचीले शीर्ष गोलकर्ता भएर गोल्डेन बुट जिते तथा लोथर माथ्युज र डिएगो म्याराडोना जस्ता खेलाडीहरूभन्दा अघि टुर्नामेन्टको खेलाडीका रूपमा गोल्डेन बल जिते ।

नेपोलीका लिजेन्ड म्याराडोनाले नेपल्समा आफ्ना प्रशंसकहरूसामु आयोजक मुलुकलाई आउट गरेपछि इटाली अन्तिम चारमा अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएको थियो ।

आफ्नो मुलुकका लागि १६ पटक क्याप गरेका सिलाचीले आफ्नो करियरमा इटालीका लागि मात्र अर्को एक गोल गरे र सन् १९९० विश्वकपको चार वर्षपछि जापानमा जुबिलो इवाताका लागि इन्टरमिलान छोडे । जुबिलो इवाताबाटै उनले आफ्नो करियर अन्त्य गरे । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *