संविधान संशोधनका लागि नेसपा यादवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गरौँ – Nepal Press

संविधान संशोधनका लागि नेसपा यादवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गरौँ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) महिन्द्र राय यादव समूहले संविधान संशोधन गरेर पूर्ण समानुपातिक संसद् र संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै संशोधनका लागि चार बुँदे प्रस्ताव गरेको हो। कतिपय कमी कमजोरीका बाबजुद पनि अग्रगामी संविधान बनेको उनको भनाइ छ ।

प्रस्ताव

पहिलो- पूर्ण समानुपातिक संसद् र संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्छ ।

दोस्रो- पहिचानका पाँच र सामर्थ्यका चार आधार मा राज्य पुनर्संरचना हुनुपर्छ ।

तेस्रो- पुनर्संरचना हुन बाँकी न्यायपालिकालगायत राज्यका सबै अङ्गहरू समावेशी र समानुपातिक आधारमा पुनर्संरचना हुनुपर्छ ।

चौथो- नागरिकता सम्बन्धी विभेदको अन्त्य हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर