२० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू) – Nepal Press

२० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार माइतीघर मण्डलामा प्रभावित क्षेत्रका बासिन्दाहरूले प्रदर्शन गरेका हुन् ।

‘गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘गैर न्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘आदिवासीको अधिकार सुरक्षित गर’, ‘खोलानदीको मापदण्ड खारेज गर’ लेखिएको प्लेकार्ड उनीहरूले बोकेका थिए ।

राजेन्द्र महतो, सुमन सायमी लगायतले सडकमा नै सुतेर विराेध प्रदर्शनमा सहभागिता जनाएका थिए ।

२०८० पुसमा सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन वटा तर्क अघि सारेर सरकारले पुनरावलोकनको निवेदन दिएको हो ।

तस्बिरहरू : उमेश कार्की/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर