अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई – Nepal Press

अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीले पाएका छन् ।

अध्यक्ष समिक बडाल संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मिट अफ द फ्युचर एक्सन डे कार्यक्रममा सहभागी हुन गएपछि गिरीले कावा जिम्मेवारी पाएका हुन् ।

विधानको धारा ११ (२) को ख अनुसार कार्यसम्पादनका लागि संगठनको विधानको धारा ३१ (ज) बमोजिम असोज २ गतेबाट लागू हुने गरी जिम्मेवारी दिइएको बडालले जनाएका छन् ।

अध्यक्ष बडाल नफकिँदासम्म गिरीले कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर