क्षयरोगबाट राउटे समुदायका एक युवाको मृत्यु – Nepal Press

क्षयरोगबाट राउटे समुदायका एक युवाको मृत्यु

सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् ।

 शाहीको क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाही विगत ६ महिना देखी बिरामी रहेको बताए ।

उपचार गर्न नमानेपछि भदौ ३१ गते सम्झाई बुझाई गर्दा उपचार गर्न सहमति भएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्यकर्मी बिसीले जानकारी दिए ।

उनले भने, ‘गुराँस गाउँपालिका दैलेखको सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा खकार चेक गर्दा क्षयरोग रोग देखिएको स्वास्थ्यकर्मी देखिएको थियो । क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा राउटे समुदाय मन्जुर नहुँदा अस्पतालले डिस्चार्ज गर्दिएको थियो । फर्किँदै गर्दा बाटोमा शाहीको मृत्यु भएको हो ।’

मृतक शाहीलाई गत भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।

उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा बुधवार राती ९ बजे सुर्खेतको कल्यान काँधमा उनको मृत्यु भएको स्वास्थ्यकर्मी बिसीले जानकारी दिए ।

मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका १ को सिमेसालमा बसोबास गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर