इरानले ट्रम्पको चुनावी जानकारी ह्याक गरेर बाइडेनलाई इमेल गरेको खुलासा – Nepal Press

इरानले ट्रम्पको चुनावी जानकारी ह्याक गरेर बाइडेनलाई इमेल गरेको खुलासा

काठमाडौं । अमेरिकी चुनावमा पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी जानकारी ह्याक गरेर जो बाइडेन पक्षलाई इमेल गरेको खुलासा भएको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार कमलालाई चुनावी दौड छोड्नु भन्दा अगाडी यस्तो गरिएको खुलासा भएको हो ।

बुधवार अमेरिकी सुरक्षा संयन्त्रहरूले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । इरानलाई अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको थियो ।

त्यही आरोपलाई पुष्टि हुने जानकारी सार्वजनिक भएपछि ट्रम्पले आलोचना गरेका छन् । उनले इरान बाइडेन र कमलालाई जिताउन लागेको भन्दै चर्को आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर