भारतमा सबै तहका चुनाव एकै पटक गर्ने बारेको प्रतिवेदन मोदी मन्त्रिपरिषदबाट पारित – Nepal Press

भारतमा सबै तहका चुनाव एकै पटक गर्ने बारेको प्रतिवेदन मोदी मन्त्रिपरिषदबाट पारित

काठमाडौं । विश्वको सबैभन्दा धेरै जनताले मत खसाएर जनप्रतिनिधि चुन्ने भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ । तर, यो सबैभन्दा ठूलो लोकतन्त्र भएको देशमा चुनाव एकै पटक हुँदैन ।

केन्द्र होस् राज्यस्तरीय चुनाव, सबै विभिन्न चरणमा हुन्छन् । यो कुरामा विमति पछिल्लो समयमा उठ्दै आएको छ । त्यहीलाई सम्बोधन गर्न बुधवार भारतको संघ सरकारले ‘एक देश, एक चुनाव’को प्रतिवेदन पारित गरेको छ ।

भारतका पूर्वराष्ट्रपति रामनाथ कोभिन्दले बनाएको प्रतिवेदन मोदी नेतृत्वको मन्त्रिपरिषद्ले पारित गरेको हो ।

भारतीय समाचार पोर्टल दि वायरका अनुसार संघ, राज्य, र स्थानीय पञ्चायत तथा नगरहरूको सबै चुनाव एकै पटक गर्ने बारेमा प्रतिवेदन तयार भएको छ ।

भारतको संघ सरकारी सूचना तथा प्रशारण मन्त्री अश्विनी वैष्णवले पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर