‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन (तस्बिरहरु) – Nepal Press

‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहदाँ राजधानी काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ ।

संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान नेपाल’को अगुवाईमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा माइतिघरदेखि नयाँ बानेश्वरसम्मको मुख्य सडक केहि घण्टा अस्तव्यस्त बनेको थियो भने सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न असहज भएको थियो ।

अभियानका संयोजक खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत आव्हान गरेकोमा देशभरबाट आएका दलित समुदायका युवा उक्त प्रदर्शनमा सहभागि भएका छन् ।

सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै संयोजक सुनारले करिव ४५ दिनदेखि माइतीघर मण्डलामा नेल लगाएर प्रदर्शन गरिरहेकोमा संविधान दिवसका अवसरमा माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोको व्यवस्था नगरेको भन्दै युवाले विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर ‘दलितलाई खै’ भन्दै प्रर्दन गरेका हुन् ।

माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिसकेपछि नयाँ बानेश्वरमा उक्त प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई संयोजक सुनारले सम्बोधन गरेका थिए भने कलाकार हेमन्तकान्छा रसाईली, आयुस परियार लगायतले जातिय विभेद विरुद्धका गित प्रस्ततुत गरेका थिए ।

प्रदर्शनमा अन्तरजातिय प्रेम गरेकै कारण मारिएका रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकका आमा बुवा, अन्तरजातीय विवाह गरेकै कारण मारिएका काभ्रेपलाञ्चोकका अजित मिजारका आमा बुवा पनि सहभागि भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर