आलुको भन्सार तिरेर ल्याइएकाे १ करोड ३५ लाखको कपडा मकवानपुर प्रहरीद्वारा बरामद – Nepal Press

आलुको भन्सार तिरेर ल्याइएकाे १ करोड ३५ लाखको कपडा मकवानपुर प्रहरीद्वारा बरामद

हेटौंडा । मकवानपुर प्रहरीले भन्सार छ्ली ल्याएको ठूलो परिणाम बराबरको कपडा हेटौंडाबाट पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा १५ रातोमाटे चेकपोस्टमा भारतीय बिआर ०५ जिडी १३४३ नम्बरको ट्रक जाँच गर्दा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी भित्री भागमा लुकाई छिपाई ७४ बोरा बिभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडाहरु ल्याएको पाईएको हो ।

सुनसरीबाट हेटौंडा हुँदै काठमाडौको लागि जाँदै गरेको ट्रकमा अबैध सामन सहित ट्रकका चालक र सहचालकलाई समेत पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए ।

पक्राउ पर्नेमा ट्रक चालक बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सहचालक बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने बर्ष १९ का मुना मिया रहेको एसपी रिजालको भनाई छ । चाडपर्व नजिकिएसङ्गै भन्सार छलेर भारको विभिन्न नाका हुँदै नेपालमा लत्ता कपडा आउने हुँदा आफुहरुले विषेश निगरानी बढाएको उनको भनाई छ ।

बरामद गरिएका समानहरु, भारतीय ट्रक र ट्रकका चालक तथा सहचालक समेतलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउँने तयारी गरिएको उनले बताए ।

मकवानपुर प्रहरीले गत भदौ ३० गते पनि ३५ लाख बराबरको राजश्व छलेर ल्याईएको कपडा बरामद गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *