राप्रपा नेतृ खुश्बु ओलीले देशव्यापी युवा सम्वाद यात्रा गर्ने – Nepal Press

राप्रपा नेतृ खुश्बु ओलीले देशव्यापी युवा सम्वाद यात्रा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य खुश्बु ओलीले देशव्यापी युवा संवाद शुरु गर्ने भएकी छन् । सुदूरपश्चिमबाट सो यात्रा शुरु गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको ओलीले बताइन् । पहिलो चरणमा सुदूरपश्चिमका ९ वटै जिल्ला घुम्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने योजना रहेको उनले बताएकी छन् ।

उनले भनिन्, ‘आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जनसंख्यालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरू आशाको किरण देखाउनु र उनीहरूलाई देशमा नै राख्नु हो ।’

आफू राष्ट्रिय प्रजातन्त्र पार्टी एक जिम्मेवार नेता एवं केन्द्रीय सदस्य भए पनि यो यात्रालाई सबै राजनीतिक दलहरूका युवा र कार्यकर्ताहरूलाई जोड्ने योजना गरेको उनको भनाई छ ।

यात्रालाई राजनीति भन्दा पनि समाजमा रहेका समस्याहरू पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान आकृष्ट भएको ओलीको दाबी छ ।

उनले भनिन्, ‘यस क्रममा मैले प्रदेश र जिल्लाको स्थानीय तहमा पुगेका समाजका सबै तह र तत्काका मानिसलाई भेट गर्ने र उनीहरूसँग अन्तरक्रिया गर्ने योजना बनाएको छु । यति मात्र होइन, नागरिक समाज, स्वतन्त्र बुद्धिजीवी लगायतका सबै पेशा र व्यवसायका व्यक्तिहरूसँग मैले अन्तरक्रिया गर्ने छु । मलाई सबैको पूर्ण सहयोग हुने कुरामा म विश्वस्त छु । देशको आजको अवस्था कुनै एक राजनीतिक दल र व्यक्तिका कारण उत्पन्न भएको होइन, यसमा हामी सबै राजनीतिक दलहरू धेरै थोरै जिम्मेवार छौ ।’

यात्रामा त्यहाँको वस्तुस्थितबारे एक वृहत् रिपोर्ट, भिडियो सामाग्री तयार पार्ने,सरकार र सम्बन्धित निकायलाई बुझाउने योजना गरेको उनले जानकारी दिइन् । आफ्नो यात्राले अहिले देशले भोगेका समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास समेत गरेकी छन् ।

यस्तो छ ओली ओलीको अवधारणा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर