चार वटा संसदीय समितिको बैठक बस्दै – Nepal Press

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।

बैठकमा कार्य परामर्श उपसमिति पुनर्गठन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर