सुनको मूल्य तोलामा १५ सयले बढ्याे – Nepal Press

सुनको मूल्य तोलामा १५ सयले बढ्याे

काठमाडौँ ।  लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  १५ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला  एक लाख ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार १ सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य आज तोलामा  ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *