कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद नगरेको एनसेलको प्रष्टोक्ति – Nepal Press

कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद नगरेको एनसेलको प्रष्टोक्ति

काठमाडौं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अनुमानमा आधारित भएको जनाएको छ ।

ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने तयारीका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको उल्लेख गर्दै एनसेलले यसका लागि गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खाने गरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु आफ्नो लक्ष्य भएको एनसेलले जनाएको छ ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ ।

आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको एनसेलले जनाएको छ ।

जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै एनसेलले विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

एनसेलले आफ्ना निर्णयहरू सधैँ देश, ग्राहक र सरोकारवालाहरूसँग सम्बन्धित हुने भएकोले सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि आधिकारिक धारणा बुझ्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर