निर्मल पुर्जाको अगुवाइमा खुम्बु क्षेत्रमा यसरी बन्दैछ ‘गुमनाम नायक’ हरूको आफ्नै घर – Nepal Press

निर्मल पुर्जाको अगुवाइमा खुम्बु क्षेत्रमा यसरी बन्दैछ ‘गुमनाम नायक’ हरूको आफ्नै घर

काठमाडौं । सगरमाथा आरोहणका क्रममा आउँदा जाँदा भरियाले भोगेको पीडादायी दृष्यले कीर्तिमानी आरोही निर्मल पुर्जालाई यसरी प्रभावित पार्‍यो कि, आफ्नै पहलमा उनीहरूको लागि बास बस्ने घर बनाउन अग्रसर भए । खुम्बु पासाङ ल्हमु गाउँपालिकाले उनको परोपकारी सोचलाई साथ दिएपछि अब सगरमाथा क्षेत्रमा आरोही तथा पदयात्रीका सामान बोक्ने भरियाले बास बस्नका लागि दुःख पाउनु पर्ने छैन ।

आरोही तथा पदयात्री र गाइडसम्मले होटलमा गाँस बास पाए पनि भरियालाई त्यो सुविधा छैन । त्यसैले कतिपय ठाउँमा त पाहुनालाई होटलसम्म पुर्‍याएर भरियाहरू २ घण्टा टाढासम्मको ठाउँमा गएर बास बस्नुपर्ने अवस्था छ । खानेकुरा असाध्यै महँगोमात्र होइन भरियाका लागि विभेदकारी समेत हुने गरेको छ ।

ती सबै भरियाको साझा दुःख देखेका आरोही पुर्जाले आफ्नै पहलमा ‘पोर्टर हाउस’ बनाउने अभियान थालेका हुन् । यो अभियानमा गाउँपालिकाले पनि साथ दिएको छ । आफू आधारभूत तल्लो वर्गबाट उठेको र सबै दुःख भोगेको व्यक्ति भएकाले भरियाका लागि पोर्टर हाउस बनाउन अघि बढेको पुर्जाले नेपाल प्रेससँग बताए । सामाजिक उत्तरदायित्वको बोधबाट आफूले सो काम गरेको उनको भनाइ छ ।

पुर्जाकै पहलका कारण विश्व सम्पदा सूचीमा परेको सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने सगरमाथा आधार शिविरमा पर्यटकका भरियाको सहजताका लागि ‘पोर्टर हाउस’ बन्ने भएको छ ।

यो पनि पढ्नुहोस्- सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा (भिडियो)

यसबाट बास अभावमा भरियाहरूले भोग्दै आएको पीडा हट्ने उनीहरूको विश्वास छ । पर्यटक, उनीहरूका गाइड तथा अन्य कर्मचारीलाई जुन तहको सहजता छ, त्यो सहजता भारी बोक्ने श्रमिकलाई नभएको अकाट्य सत्य हो । यसमा जानकार छिन् खुम्बु पाशाङ ल्हामु गाउँपालिकाकी उपप्रमुख टासी ल्हामु शेर्पा ।  खुम्बुमा बन्न लागेको ‘पोर्टर हाउस’ ले समस्या हट्नेमा ढुक्क छिन् उनी ।

पालिकासँगको सहकार्यमा कीर्तिमानी आरोही निर्मल पुर्जाको ‘निम्सदाइ फाउण्डेसन’ ले पोर्टर हाउस बनाउन लागेको उपाध्यक्ष शेर्पाले बताइन् ।  खुम्बुको लोबुचे क्षेत्रमा बनाउन लागिएको पोर्टर हाउसको डीपीआर तयार भइसकेको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।

फाउण्डेसनको नेपाल हेर्ने गृष्मा विष्टले जानकारी दिएअनुसार भरियाहरूको बस्ने ठाउँ खोज्नकै लागि १० किलोमिटर अतिरिक्त हिँड्नु पर्ने दु:ख अन्त्य गर्ने अपेक्षा गरिएको छ । यो हाउस एक पटकमा ८० जना आँट्न सक्ने क्षमताको हुनेछ ।

५०३० मिटर उचाइमा बन्ने पोर्टर हाउस सुविधासम्पन्न हुनेछ भने त्यसमा दिगो विकास, वातावरणमैत्री काम, समुदाय अगुवाइ र आकर्षक सेवासुविधा हुने बताइएको छ । सोलारबाट बिजुली, टेबल, कुर्सी, खाटलगायका आकर्षक फर्निचर, मेडिकल सामग्रीहरू हुने भएकोले यो धेरै कोणमा बहुउपयोगी हुने बताइएको छ ।

फाउण्डेसनकी विष्टले यही वर्ष आएको थामेको बाढीको उद्धार तथा राहतमा साधनस्रोत प्रयोग गरेकोले पोर्टर हाउस निर्माण प्रक्रियामा केही ढिला भएको बताइन् । राहत तथा उद्धारको काम सकिएलगत्तै हाउसमा ध्यान केन्द्रित गर्ने उनले सुनाइन् ।

विश्वका सबै अग्ला हिमालको आरोहण गरिसकेका र धेरैवटा किर्तिमान कायम गरिसकेका आरोही शेर्पा भारी बोक्ने श्रमिक अर्थात भरियालाई ‘गुमनाम नायक’ भन्ने गर्छन् । वास्तवमा आरोहीहरुको नाममा किर्तिमान बन्छ ।

आरोहणका दलका अन्य मान्छेको पनि नाम हुन्छ तर उनीहरुलाई आधार शिविर र त्यहाँभन्दा माथिसम्म भारी बोकेर पुर्याउने भरियाहरु भने सधैं गुमनाम हुन्छन् । पुर्जाले तीनै गुमनाम नायकहरुको सम्मानमा केही उपकारी काम गर्ने योजना बनाएका थिए । त्यसैको साकार रुप हो पोर्टर हाउस ।

विश्वका सबै अग्ला हिमालको आरोहण गरिसकेका र धेरैवटा किर्तिमान कायम गरिसकेका आरोही निर्मल भारी बोक्ने श्रमिक अर्थात भरियालाई ‘गुमनाम नायक’ भन्ने गर्छन् । वास्तवमा आरोहीहरुको नाममा किर्तिमान बन्छ ।

आरोहणका दलका अन्य मान्छेको पनि नाम हुन्छ तर उनीहरुलाई आधार शिविर र त्यहाँभन्दा माथिसम्म भारी बोकेर पुर्याउने भरियाहरु भने सधैं गुमनाम हुन्छन् । पुर्जाले तीनै गुमनाम नायकहरुको सम्मानमा केही उपकारी काम गर्ने योजना बनाएका थिए । त्यसैको साकार रुप हो पोर्टर हाउस ।

हिमाली क्षेत्रका शक्ति भनेकै भरिया भएको भन्दै निर्मल पुर्जाले आफ्नो फाउण्डेसनको वेबसाइटमा परियोजनालाई ‘गुमनाम नायकहरूको सम्मानमा बनाइने स्वर्ग’ भनेर पोर्टर हाउसको व्याख्या गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *