सिड्स फर द फ्युचरः नेपाली विद्यार्थीहरूद्वारा चीनको यात्रा सुरुवात – Nepal Press

सिड्स फर द फ्युचरः नेपाली विद्यार्थीहरूद्वारा चीनको यात्रा सुरुवात

काठमाडौँ । ह्वावेको अत्याधुनिक भविष्यमाथिको प्रतिबद्धतालाई अन्तर्गत प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको हो । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्दछ ।

कडा प्रतिस्पर्धा र मुल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् ।

उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् ।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, रकृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ। उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् ।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तक्र्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन्।
यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ।

सिड्स फर द फ्युचर
नेपालमा यो कार्यक्रम २०१९ मा सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ।

सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी ९ऋक्च् ०प्रयास अन्तर्गत, २००८ मा थाइल्याण्डमा सुरु भएको हो। हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदाउठाइसकेका छन् ।

नेपालमा, यो कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ, जसमा कलेज भ्रमण, कार्यशालाहरू, र अन्तिम अन्तर्वार्ता समावेश छन्। क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, फाइभ जी, र एआई जस्ता विषयहरूमा अन्वेषण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर