संविधान संशोधन गरेर प्रदेश खारेज गरौं : चित्रबहादुर केसी – Nepal Press

संविधान संशोधन गरेर प्रदेश खारेज गरौं : चित्रबहादुर केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयताभित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको उनले बताए ।

शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुनै नसक्ने बताए । उनले कांगे्रस र एमालेले संविधान संशोधन गर्छौ भनेपनि के विषयमा संशोधन गर्ने भनेर जनताका अगाडि भन्न नसक्दा आशंका उत्पन्न भएको बताउंदै उनले जनतालाई प्रष्ट पारेर संघीयता खोरज गर्ने गरी संविधान संशोधन गर्न आग्रह गरे ।

प्रदेशमा हुने ४ खर्व बजेट स्थानीय तहमा पठाएर जनचाहनाअनुसार विकासमा लगाउनुपर्ने बताउँंदै केसीले भने– ’प्रदेशको अनावश्यक खर्चले देश कंगाल भयो । संघीयताविरुद्व देशमा ठूलो जनमत तयार भएपनि आफ्नो पार्टीले त्यसलाई क्यास गर्न नसकेको कमजोरी भयो, सत्ता, शक्ति र पैशाको आडमा चुनाव हुंदा सही एजेण्डा बोकेको राष्ट्रिय जनमोर्चा पछि परेको छ ।’

नेता केसीले गणतन्त्र खतरामा रहेको उल्लेख गर्दै हिजो लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेका शक्तिबाटै गाणतन्त्र खतरामा रहेको दाबी गरे ।

राज्य सत्तामा बस्नेहरुले चरम भ्रष्टाचार गरेकाले राजनीतिक दल र यो व्यवस्थाप्रति जनता निरास हुँदै गएको बताए । रावजनीति गर्ने देश र जनताको पक्षमा हो तर नेपालमा भ्रष्टाचार गरेर सम्पती कमाउन र नेपालीलाई नक्क्ली भूटानी शरणार्थी बनाएर सम्पती कमाउन राजनीति गरिएकाले देश संकटमा परेको हो उनले भने ।

अमेरिकन नागरिकता बोकेकालाई निर्वाचन आयोगले सांसद र मन्त्री बनाएको उल्लेख गर्दै बंसजको आधारमा नेपाली नागरिकता बाँड्दा लाखौ विदेशीले नेपाली नागरिकता पाएको उनले बताए । भविष्यमा  नेपालमा नेपाली अल्पमतमा पर्ने र विदेशीको बहुमत हुने सम्भावना रहेकाले सचेत हुन अध्यक्ष केसीले नेपाली जनतालाई आग्रह गरेका छन् ।

सहकारी ठगहरुलाई यो सरकारले कारवाही गर्न नसक्ने बताउँदै ठगै ठगहरु मिलेर बनेको सरकारले केही गर्न नसक्ने अध्यक्ष केसीको दाबी छ । एमसीसी परियोजनामार्फत अमेरिकाले चीनविरुद्व नेपालको भूगोल प्रयोग गर्न लागेको उल्लेख गर्दै एमसीसी र अमेरिका नेपालको हितमा नभएको बताए । परिषद् बैठक दुई दिनसम्म चल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर