राप्रपा नेपाल रामेछाप-काठमाडौं सम्पर्क समाज गठन, भुजेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन – Nepal Press

राप्रपा नेपाल रामेछाप-काठमाडौं सम्पर्क समाज गठन, भुजेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन

काठमाडौं । राप्रपा नेपाल रामेछाप-काठमाडौं सम्पर्क समाज गठन भएको छ । शुक्रबार मदन भुजेलको अध्यक्षतामा २१ सदस्यीय रहेको कमिटीमा उपाध्यक्ष पूर्ण बहादुर माझी र सचिवमा चन्द्र माझी रहेका छन् ।

राप्रपा नेपालका महामन्त्री भाष्कर भद्राको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा पार्टीका अर्का महामन्त्री राजाराम बर्तौला, सहायम महामन्त्री एवम् मजदुर संगठनका अध्यक्ष हिक्मतजङ्ग भण्डारी, बागमती प्रदेशका पुर्ब सांसद रिता माझी, राप्रपा नेपाल रामेछापका अध्यक्ष रामचन्द्र कडेल, केन्द्रीय सदस्यहरु आनन्द रिसाल, राजु श्रेष्ठ लगायतले बोलेका थिए ।

आगामी दिनमा पार्टीले गर्ने आन्दोलनमा सम्पर्क समाजहरुको भुमिका महत्त्वपूर्ण हुने र समाज गठनलाई तिब्रता दिईने महामन्त्री भाष्कर भद्राले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर