सीटीईभीटीमार्फत २५ सयभन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम लिनका लागि आवेदन खुला – Nepal Press

सीटीईभीटीमार्फत २५ सयभन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम लिनका लागि आवेदन खुला

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिनका लागि आवेदन खुला भएको छ ।

परिषद्ले शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रि–डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम खुला गरेको हो ।

प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *