रुसको भरपर्दो मित्र भारतले गुपचुप युक्रेनलाई हतियार बेचेको बेलायती खुलासा – Nepal Press

रुसको भरपर्दो मित्र भारतले गुपचुप युक्रेनलाई हतियार बेचेको बेलायती खुलासा

काठमाडौं । भारत र रुसको सम्बन्धलाई धेरै बलियो सम्बन्ध भनिन्छ । तत्कालिन साम्यवादी सोभियत संघदेखि अलिहेको पुँजीवादी जमानाको रुससम्ममा भारतमा धेरै सरकार बने । धेरै परिवर्तन भए ।

तर, भारतको रुससँगको सम्बन्धमा कुनै सकस आएन । आफ्नो दुई देशको सम्बन्धलाई दुई देशले तेस्रो देशमा पनि प्रयोग गर्ने गरेका छन् । त्यसको एक उदाहरण हो नेपालका राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्तावमा सोभियत संघले सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । तर, पछि हट्यो । यस्तो हुनुमा भारतको भूमिका भएको भारतीय विद्वान एसडी मुनिले नै लेखेका छन् ।

यिनै भारत र रुसमा अहिले तनाव सिर्जना भएको छ । बिहीवार बेलायती सरकारी समाचार एजेन्सी रोयटर्सले एक समाचार बनायो । समाचार अनुसार भारतले रुससँग युद्ध लडिरहेको युक्रेनलाई गुपचुप हातहतियार बेचेको खुलासा गरिएको छ । भारतले यूरोपेली देशको साझेदारमा यस्तो गरेको बताइएको छ । भारतले यूरोपमा बेच्ने । यूरोपबाट युक्रेन पुग्ने समाचार बताइएको छ ।

यूरोपका इटाली र चेक गणतन्त्रबाट यस्तो काम भएको बताइउको छ । भारतले पठाएका गोलीगठ्ठा युक्रेन पुगेको बताइएको छ । समाचार अनुसार यस्तो भएको एक वर्ष भन्दा धेरै भएको छ ।

र, त्यस्तो काम बन्द गर्न रुसले दुईपटक आग्रह गरेको बताइएको छ । गत जुलाईमा सेग्रि लेभ्रोब र एस. जयशंकरसँगको भेटमा पनि यो आग्रह आएको बताइएको छ । समाचारलाई भारतीय विदेश मन्त्रालयले गलत भनेर दाबी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *