भेनेजुएलाको चुनाव हारेका नेतालाई राष्ट्रपतिको मान्यता दिने यूरोपेली संसदको निर्णय – Nepal Press

भेनेजुएलाको चुनाव हारेका नेतालाई राष्ट्रपतिको मान्यता दिने यूरोपेली संसदको निर्णय

काठमाडौं । यूरोपेली संसदले भेनेजुएलाको राष्ट्रपतिय चुनावमा हारेका विपक्षी नेतालाई राष्ट्रपतिको मान्यता दिने निर्णय गरेको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार सदनले एक संकल्प प्रस्ताव पेस गरेर यस्तो निर्णय गरेको हो जसअनुसार राष्ट्रपतिको मान्यता इदमुन्दो गोन्जालेजले पाउने भएका छन् ।

बिहीबार पारित भएको प्रस्तावको पक्षमा ३०९ मत परेको थियो भने विपक्षमा २०१ परेको थियो । सन २०२५ जनवरी १० मा गोन्जलेजले पदभार ग्रहण गर्नुपर्ने पक्षमा मतदान भएको थियो । गोन्जालेजले यूरोपेली संसदलाई धन्यवाद दिएका छन् । तर, भेनेजुएलाको सदनले यूरोपेली संसदको निर्णयलाई प्रतिवाद गरेका छ ।

यूरोपेली संसदका दक्षिणपन्थी फासिवादीहरुको निर्णय भन्दै उसले अस्विका गरेको डिडब्लूले उल्लेख गरेको छ । पछिल्ल्लो चुनावमा भेनेजुएलाका राष्ट्रपतिमा बिजयी भएको घोषणा भएका निकोलस मदुरोलाई अमेरिका तथा यूरोपेली देशहरुले मान्यता दिएका छैनन् ।

उसो त यो भन्दा अगाडी पनि भेनेजुएलाका राष्ट्रपति मदुरो नभएर राष्ट्रिय सभाका अध्यक्ष खुआन गुइदोलाई मान्यता दिएका अमेरिका तथा यूरोपेली देशहरुले पछि त्यो मान्यता त्यत्तिकै सेलाएको थियो । रुस तथा चीन लगायका विश्व शक्तिहरुले भने भेनेजुएलको चुनावलाई मन्यता दिएर मदुरोलाई राष्ट्रपति मानेका छन् । बहुसंख्यक विश्वका देशहरुले भने भेनेजुएला मामिलामा बोलेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर