एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी – Nepal Press

एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । चीनमा जारी २० औं एसियन कराते च्याम्पियनसिपमा करातेकी युवा खेलाडी एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसंगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसंग खेल्नेछिन् ।

 


प्रतिक्रिया

One thought on “एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *