यस वर्ष दसैंको टीका लगाउने साइत कति बजे ? – Nepal Press

यस वर्ष दसैंको टीका लगाउने साइत कति बजे ?

काठमाडौं । यस वर्षको बडादसैंको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो ।

समितिका अनुसार बडादसैंका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ ।

त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *