प्रचण्डको विश्वास- यो गठबन्धन आफैं कुहिएर झर्दैछ, हामी फेरि नयाँ ढंगले जान्छौं – Nepal Press

प्रचण्डको विश्वास- यो गठबन्धन आफैं कुहिएर झर्दैछ, हामी फेरि नयाँ ढंगले जान्छौं

‘ओली सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले मिलेको बताए ।

उनले भने, ‘सबै प्रयासहरुमा उनीहरु असफल भएका छन्, एउटा काम पनि फत्ते गर्न सकेका छैनन् । प्रत्येकमा हामी प्रतिपक्षमा भए पनि एकपछि अर्को सफलता हासिल गर्दै गएका छौं । केही समयभित्रै यो गठबन्धन आफैं कुहिएर झर्नेछ र हामी फेरि नयाँ ढंगबाट जाने विश्वास लिएका छौं ।’

अध्यक्ष प्रचण्डले उपसभामुखलाई हटाउन धेरै प्रपञ्च भए पनि असफल भएको दाबी गरे ।


प्रतिक्रिया

One thought on “प्रचण्डको विश्वास- यो गठबन्धन आफैं कुहिएर झर्दैछ, हामी फेरि नयाँ ढंगले जान्छौं

  1. नेपालको सबैभन्दा ठूलो भ्रष्टाचारीले अरूलाई भनेको सुहाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर