धनराज गुरुङबारे विश्वप्रकाश- सहकारी ठगीमा दोषी देखिए जेल जानुहुन्छ (भिडिओ)
नेपाल प्रेस
२०८१ असोज ५ गते १५:३०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन सुरु भइसकेको बताएका छन् ।
कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने बताए ।
उनले भने, ‘उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’
प्रतिक्रिया