सहकारी ठगी प्रकरण- कांग्रेस नेताले नै मागे धनराज गुरुङको उपसभापति र सांसद पदबाट राजीनामा – Nepal Press

सहकारी ठगी प्रकरण- कांग्रेस नेताले नै मागे धनराज गुरुङको उपसभापति र सांसद पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि पार्टी उपसभापति धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रश्न उठेपछि उपसभापति र सांसद दुवै पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘यो उहाँको आत्मनिर्णय गर्ने हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमीक्षा गर्नुपर्छ । धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नुभयो । छानबिनले कारबाही सिफारिस गरेको छ ।’

नेता प्रधानले राजीनामा नदिए कांग्रेसले पार्टीभित्र छलफल गर्नुभन्दा अगाडि नै उपसभापतिले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसदको बैठकमा उपस्थित हुन्नँ भन्न सक्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर