नेता कार्यकर्तासँग देउवा- कांग्रेसले कामै गर्दैन भन्छन्, खाइदेला अरू पार्टीले – Nepal Press

नेता कार्यकर्तासँग देउवा- कांग्रेसले कामै गर्दैन भन्छन्, खाइदेला अरू पार्टीले

‘दुई ठूला पार्टी मिलेर सरकार बनाएपछि जनतामा खुसी छन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग मिल्दा देशभर सकारात्मक सन्देश दिएको दाबी गरेका छन् ।

काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले दुई ठूला पार्टीहरु मिलेर सरकार बनाएपछि जनतामा आनन्द र खुसी छाएको जिकिर गरे ।

सभापति देउवाले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई, तर प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाएअनुसार त नेपाली जनता खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ ।’

उनले कुनै एउटा पार्टीले बहुमत प्राप्त गर्न गाह्रो रहेको उल्लेख गर्दै धेरै गर्‍यो भने सफल हुनसक्ने बताए ।

सभापति देउवाले भने, ‘कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नू । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले ! त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुर्‍यो । जनतासँगको सम्बन्ध बढाउनु पर्‍यो । जनताको दिल जित्नुपर्‍यो । जनताको काम गर्नुपर्‍यो । त्यसकारण जनताको काम हामीले गर्दै जानुपर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर