कपिलवस्तुमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ – Nepal Press

कपिलवस्तुमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देही । कपिलवस्तुबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रौंटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई कृष्णनगर नगरपालिका वडा नं ८ सानो गणेशपुर चोकमा प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमारले चलाएको मोटरसाइकल पछाडि बसेका भारत उत्तर प्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदीका साथबाट प्रहरीले बरामद गरेको हो ।

उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा द्विवेदीले कम्मर पछाडि लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक हरिबहादुर वलीले बताए । ५ राउज्ड गोली लोड रहेको अवस्थामा मेड इन कानपुर लेखेको पेस्तोल बरामद गरिएको हो ।

त्यस्तै उनीहरुसँग फेरामाइन इन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधिका केही पत्ता पनि बरामद भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर