ममता काफ्लेका श्रीमान भट्ट अदालत हाजिर भएपछि अमेरिकी साथीहरुको प्रदर्शन, कसले के भने ? – Nepal Press

ममता काफ्लेका श्रीमान भट्ट अदालत हाजिर भएपछि अमेरिकी साथीहरुको प्रदर्शन, कसले के भने ?

काठमाडौं । हत्या गरेर लाश बेपत्ता गरिएको भनिएकी अमेरिका निवासी नेपाली नर्स ममता काफ्लेका श्रीमान नरेश भट्ट अदालतमा हाजिर हुँदा प्रदर्शन भएको छ । प्रदर्शनको अमेरकी मिडियाहरुले पनि लाइभ दिएर कभर गरेका छन् । प्रदर्शन गर्नेहरुमा नेपाली मूलका भन्दा धेरै अमेरिकीहरुको उपस्थिति देखिएको छ ।

विभिन्न ब्यानर बोकेर आएका उनीहरुले भट्टलाई ‘विभत्स हत्यारा’ भन्दै ममतालाई न्यायको माग गरेका छन् । वुसा ९ नामक अमेरिकी समाचार च्यानलमा प्रकाशन भएको भिडिओअनुसार प्रदर्शनकारीहरुले ममताको पक्षमा बोलेर अमेरिकी सेनामा जागिरसमेत गरेका भट्टलाई कडा सजायको माग गरेका छन् ।

भिडिओमा देखाइएअनुसार उनीहरुले नरेश भट्टले धरौटीमा रिहाइ हुन नपाएकोमा खुशी व्यक्त गरेका छन् र न्यायाधीशलाई धन्यवाद भनेका छन् । ममताकी एक अमेरिकी साथीले सुनुवाइमा बताइएअनुसार उनलाई टुक्राटुक्रा पारेर हत्या गरिएको र फोहोर जस्तो गरेर फालिएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘फोहोर जस्तै फालिए पनि ममता फोहोर होइनन् ।’

२० वर्षयता घरेलु हिंसाकी सर्भाइभर एक महिलाले पनि ममताको पक्षमा बोलेकी छन् । उनले नरेश भट्टले योजनाबद्ध रुपमा ममताको हत्या गरेको आरोप लगाएकी छन् । हरेक दुई सेकेन्डमा अमेरिकामा महिला हिंसा हुने भन्दै उनले सबैलाई त्यसमा लाग्न आग्रह गरेकी छन् ।

अर्की एक घरेलु हिंसाकी सर्भाइभरले पनि आफूले जीवनमा आएर अहिले मात्रै आफ्नो कथा भनेको बताउँदै ममताको पक्षमा बोलेकी छन् ।

वक्ताहरुमा एक जना नेपाली मूलकी महिला छिन् । उनले अन्तिममा बोल्दै धरौटीमा रिहा नभएकोमा खुशी व्यक्त गर्दै साथीहरुलाई धन्यवाद भनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर