वेस्टह्याम्पविरुद्ध चेल्सीको सानदार जीत – Nepal Press

वेस्टह्याम्पविरुद्ध चेल्सीको सानदार जीत

हेटौंडा । इङलिस प्रिमियर लिगको पाँचौ चरणको पहिलो खेलमा चेल्सीले सानदार जीत हासिल गरेको छ । शनिबार भएको पहिलो खेलमा चेल्सीले वेस्टह्याम्पलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

वेस्टह्याम्पलाई हराउने क्रममा निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले एक गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमानै ज्याक्सनले गोल गर्दै चेल्सीलाई पहिलो अग्रता दिलाए । वेस्टह्याम्पको घरेलु मैदान समेत रहेको लण्डन रंगशालामा भएको खेलको १८ औं मिनेटमा ज्याक्सनलेनै पुनः गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

खेलमा तेस्रो गोल ४७ औं मिनेटमा भयो । चेल्सीका स्टार खेलाडी पाल्मरले गोल गरेपछि चेल्सीले खेल ३-० ले जित्यो । जितपछि चेल्सी ५ खेलबाट  १० अंक सहित लिग तालिकाको तेश्रो स्थानमा उक्लदा वेस्टह्याम्प समान खेलबाट ४ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *