पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि – Nepal Press

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्‍यो । 

यसअघि पुलिस अपराजित रहँदै फाइनलमा पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *