वेर्डर ब्रेमेनमाथि बायर्नको शानदार जित, केनको कीर्तिमान – Nepal Press

वेर्डर ब्रेमेनमाथि बायर्नको शानदार जित, केनको कीर्तिमान

हेटौँडा । जर्मनीको बुन्डेस लिगामा लिडर बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि शानदार जित निकालेको छ ।

शनिवार राति भएको खेलमा ब्रेमेनमाथि म्युनिखले ५-० को शानदार जित निकालेको हो । बायर्नको जितमा इङलिस खेलाडी ह्यारी केनले कीर्तिमान रचेका छन् ।

केनले बुन्डेसलिगाको सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडीको रूपमा जाडोन सान्चोभको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाए ।

सान्चोले बोरुसिया डर्टमुन्डबाट ४० बुन्डेसलिगा गोल गरेका थिए । उक्त गोल गर्न उनलाई ११८ खेल खेल्नु परेको थियो तर केनले म्युनिखको लागि अहिलेसम्म ३६ खेलमा ४१ गोल ​​गर्दै सान्चोभको कीर्तिमान भंग गरिदिएका हुन् ।

खेलमा शनिवारको खेलमा बायर्नको लागि केन बाहेक माइकल ओलिसेले दुई गोल गरे भने जमाल मुसियाला र सर्ज गनब्रीले पनि गोल गरेका थिए ।

जितपछि यो सिजन ४ खेलमा अपराजित रहँदै बायर्न १२ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत् छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *