प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । अमेरिका भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका छन्।

महासचिव कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार महासचिव गुटेरेसले नेपालले शान्ति सेनामा गरेको योगदानको तारिफ गरेका छन् ।

साथै, नेपालले अल्पविकसित देशको विश्व सहकार्य ब्यूरोको संयोजक भएकोमा पनि गुटेरेसले बधाई दिएका छन्।

पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत रहेका गुटेरेससँगको भेटमा प्रधानमन्त्रीले जलवायु, हिमाल र सङ्क्रमणकालीन न्यायको मुद्दामा छलफल भएको यूएनन्यूजले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर