आइसीसी लिग २ : नेपाल र क्यानडा भिड्दै – Nepal Press

आइसीसी लिग २ : नेपाल र क्यानडा भिड्दै

काठमाडौं । विश्वकप लिग टु अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राती ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ ।

पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।

ओमान विरुद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर पनि नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन ।

पहिलो खेलमा लिग टुमा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।

नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरुरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *